काठमाडौँ । जहरसिंह पौवामा भएको बस दुर्घटनामा घाइते भई नेपाल मेडिकल कलेज ल्याइएका दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका अन्दाजी ५५ वर्षका एक पुरुष र पेप्सीकोला निवासी शान्ती गुप्ताको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

नेपाल मेडिकल कलेजमा ल्याइएका केही घाइतेलाई अवस्था गम्भीर भएपछि अन्य अस्पतालमा रिफर गरिएको छ। हाल पाँच जना घाइते सोही अस्पतालमा उपचाररत छन् भने बाँकी घाइते विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।



