BREAKING
प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२ भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई | प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२ भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई | नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोको तेस्रो ग्रेडिङ सम्पन्न | प्रगतिको ३४औँ वार्षिकोत्सवका अवसरमा प्रगति बाल उत्सव समारोह–२०८२ सम्पन्न | अपाङ्गता भएका महिला, बालबालिका तथा संकटासन्न व्यक्तिको सशक्तीकरणमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न | पाँचपोखरी सिकाइ मेला–२०८२ सम्पन्न | ८३ वर्षीय वृद्ध हत्या घटनामा ३ भारतीयविरुद्ध मुद्दा दर्ता | हेलम्बुमा कृषि एम्बुलेन्स सेवा सुरु, किसानको खेतबाटै बजारसम्म उपज ढुवानी | नेकपा (एमाले) नै सर्बोत्कृष्ट पार्टी हो: हस्त पण्डित | भोटेनाम्लाङमा निर्माणाधीन ८४ फिट अग्लो गौतम बुद्ध प्रतिमा निर्माणमा सुरेन्द्र सुनारद्वारा आर्थिक सहयोग |

हेलम्बु हिमालयन ग्रेट ट्रेल परियोजना कार्यान्वयनको लागि बागमती प्रदेश सरकारले औपचारिक रूपमा अध्ययन तथा अवलोकन प्रक्रिया सुरु गरेको छ । च्योमथाङ बेशक्याम्पदेखि आमायाङ्री सम्म ट्रेल निर्माणका लागि प्रदेश सरकारको लगानी सुनिश्चित गर्न उच्च स्तरीय टोलीले शनिबार स्थलअनुगमन गरेको हो । खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङको नेतृत्वमा धार्मिक तथा पर्यटकिय स्थल आमायाङ्री सम्म पुग्न सहजताका लागी सो योजना अघि सारिएको हो । अहिले दैनिक सयौंको संख्यामा आमायाङ्री जाने पर्यटकको भिड लाग्ने गरेको छ ।

May be an image of one or more people
अनुगमनमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, प्रदेश सचिव, पर्यटन इकाइका प्राविधिक, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, वडा अध्यक्षहरु र स्थानीय सरोकारवाला सहभागी थिए ।
बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङका स्वकीय सचिव विशाल राउतका अनुसार प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत छुट्याइएको ४ करोड ५० लाख रुपैयाँलाई बहुवर्षीय योजनाको रूपमा स्रोत सुनिश्चित गरी ट्रेल निर्माण अघि बढाइने छ ।

इन्द्रावती गाउँपालिकाको सूचना

No photo description available.
गाउँपालिकाका अनुसार निर्माण हुने ‘ग्रेट ट्रेल’ मा चौतारी, ढुंगेधारो र पुरातत्व झल्कने संरचना समेटिनेछन् । यसले मात्र पर्यटन प्रवद्र्धन नभई हिमाली सांस्कृतिक पहिचान, प्राकृतिक सुन्दरता र स्थानीय जीवनशैलीको संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
पर्यटक मार्ग निर्माणले हेलम्बु क्षेत्रको आर्थिक उन्मुक्ति र रोजगारी सिर्जनामा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय