BREAKING
प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२ भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई | प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२ भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई | नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोको तेस्रो ग्रेडिङ सम्पन्न | प्रगतिको ३४औँ वार्षिकोत्सवका अवसरमा प्रगति बाल उत्सव समारोह–२०८२ सम्पन्न | अपाङ्गता भएका महिला, बालबालिका तथा संकटासन्न व्यक्तिको सशक्तीकरणमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न | पाँचपोखरी सिकाइ मेला–२०८२ सम्पन्न | ८३ वर्षीय वृद्ध हत्या घटनामा ३ भारतीयविरुद्ध मुद्दा दर्ता | हेलम्बुमा कृषि एम्बुलेन्स सेवा सुरु, किसानको खेतबाटै बजारसम्म उपज ढुवानी | नेकपा (एमाले) नै सर्बोत्कृष्ट पार्टी हो: हस्त पण्डित | भोटेनाम्लाङमा निर्माणाधीन ८४ फिट अग्लो गौतम बुद्ध प्रतिमा निर्माणमा सुरेन्द्र सुनारद्वारा आर्थिक सहयोग |

काठमाडाैं। हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले भत्काएको संरचनाको व्यवस्थापनमा घरधनी र व्यवसायी जुटेका छन्। सडक विस्तारका लागि सडक सीमाभित्र परेका भौतिक संरचना भत्काएर सडक किनारमा थुपारिएका इँट्टा, रड, जस्ता, फर्निचर लगायतका भग्नावशेष सरसफाइमा स्थानीय तथा व्यवसायी जुटेका हुन्।

 

इन्द्रावती गाउँपालिकाको सूचना

बिहानैदेखि स्थानीय तथा व्यवसायी आफ्ना घर तथा पसल अगाडिको स्क्र्याब सफा गरिरहेका छन् भने भत्किएका घरका भित्ताका पर्खाल पन्छाउने र सटर निकाल्ने काम गरिरहेका छन्। सडक विस्तारका क्रममा घरको अगाडिको भाग भत्किएपछि बाँकी भग्नावशेष हटाउने र सडकको मापदण्ड छाडेर संरचना निर्माणमा स्थानीय जुटेका छन्।

 

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि सामरी पुलसम्मको सडक खण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५÷२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचनाहरु १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले यही मंसिर ५ गते सार्वजनिक सूचना जारी गरेको थियो।

तोकिएको समय सीमाभित्र घर धनीले त्यस्तो भौतिक संरचना नहटाएको भन्दै सडक डिभिजन कार्यालयले शनिबार रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुलसम्मका सडक सीमाक्षेत्रमा पर्ने करिब ५०० भन्दा बढी घर तथा भौतिक संरचना डोजर प्रयोग गरी भत्काएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय