BREAKING
पाँचपोखरी थाङ्पालमा खाद्य सुरक्षा कडाइ : म्याद गुज्रेका सामग्री नष्ट, ९५ प्रतिशत खाद्य वस्तु स्वच्छ | भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन | मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय | तेर्से मा.वि.ले उचाल्यो मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि | ऎतिहासिक विशेष महाधिवेशनमा जुट्यो सिन्धु कांग्रेस,विशेष महाधिवेशनमा सहभागी हुन आह्वान | जहरसिंह पौवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु | सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम | राप्रपा पाँचपोखरी थाङपालको अध्यक्षमा नातिकाजी सापकोटा | एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा | महामन्त्रीमा निमा ग्याल्जेन शेर्पाको उम्मेदवारी घोषणा, कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउँने प्रतिबद्धता |

सिन्धुपाल्चोक । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको नाममा रहेको खाता नम्बर १७००१००००७१४६०१० (राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय टेकु) मा सिन्धुपाल्चोक जिल्लाबाट ११ हजार ८ सय ३१ जना क्रियाशील सदस्यको नविकरणमार्फत संकलित १७ लाख ७४ हजार ८ सय ३० रुपैयाँ रकम जम्मा गरी आज केन्द्रीय कार्यालयमा बैंक भौचर बुझाइएको छ।
कांग्रेस सिन्धुपाल्चोकका सभापति तथा युवा एवं जुझारु नेता जंगबहादुर तामाङको नेतृत्वमा केन्द्रीय कार्यालय पुगेर उक्त भौचर औपचारिक रूपमा बुझाइएको हो ।


पार्टी संगठन सुदृढीकरणका लागि जिल्लाबाट उल्लेखनीय संख्यामा सदस्य नविकरण हुनु सकारात्मक उपलब्धि भएको नेताहरूले बताएका छन्। नविकरण अभियानमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता रहेको जनाइएको छ ।
यस सम्बन्धमा जानकारी दिँदै नेपाली कांग्रेसका जिल्ला प्रवक्ता नवराज भट्टराईले सिन्धुपाल्चोक कांग्रेस संगठनलाई अझ मजबुत बनाउने लक्ष्यसहित अभियानलाई निरन्तरता दिइने बताउनुभयो ।

इन्द्रावती गाउँपालिकाको सन्देश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय