BREAKING
पाँचपोखरी थाङ्पालमा खाद्य सुरक्षा कडाइ : म्याद गुज्रेका सामग्री नष्ट, ९५ प्रतिशत खाद्य वस्तु स्वच्छ | भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन | मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय | तेर्से मा.वि.ले उचाल्यो मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि | ऎतिहासिक विशेष महाधिवेशनमा जुट्यो सिन्धु कांग्रेस,विशेष महाधिवेशनमा सहभागी हुन आह्वान | जहरसिंह पौवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु | सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम | राप्रपा पाँचपोखरी थाङपालको अध्यक्षमा नातिकाजी सापकोटा | एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा | महामन्त्रीमा निमा ग्याल्जेन शेर्पाको उम्मेदवारी घोषणा, कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउँने प्रतिबद्धता |

नेपाली कांग्रेस सिन्धुपाल्चोकले पार्टीको ‘विशेष महाधिवेशन’मा जिल्लाबाट सहभागी हुन सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आग्रह गरेको छ । सभापति जंगबहादुर लामाले एक विज्ञप्ती जारी गर्दै पौष २७ र २८ गते काठमाडौको भृकुटीमण्डपमा हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्नुभएको हो । यस अघिनै सिन्धु कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिहरुले सभापति लामाको नेतृत्वमा विशेष महाधिवेशनका लागि हस्ताक्षर गरि बुझाइसकेका छन ।
सबैजना एक भएर विशेष महाधिवेशन सफल बनाउन लागी पर्न समेत सभापती लामाले आग्रह गर्नुभएको छ ।
काङ्ग्रेस सिन्धुपाल्चोकका सभापति जङ्गबहादुर लामाद्वारा जारी अपिलमा पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र सुदृढीकरण तथा देशको समसामयिक राजनीतिक चुनौतीहरूमाथि गम्भीर निर्णय लिन यो विशेष अवसर महत्वपूर्ण रहेको उल्लेख गरिएको छ ।
अपिलमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक संगठन मात्र नभई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला भएको स्मरण गराउँदै ऐतिहासिक घडीमा प्रतिनिधिहरूको सहभागिता केवल औपचारिक उपस्थिति नभई पार्टीको भविष्य र देशको दिशानिर्देशनसँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवारी भएको उल्लेख छ ।
जनताको आवाज र वर्तमान आवश्यकतालाई केन्द्रमा राख्दै अझ बढी एकतावद्ध, ऊर्जाशील र विश्वासयोग्य नेपाली कांग्रेस निर्माण गर्ने उद्देश्यसहित आयोजना हुन लागेको विशेष महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सबै महाधिवेशन प्रतिनिधि तथा पार्टीपंक्तिलाई अनिवार्य उपस्थितिका लागि अपिल गरिएको छ ।
जिल्ला कार्यसमितिले सबैको सक्रिय सहभागिताबाट मात्रै नेपाली कांग्रेसलाई थप बलियो, विश्वसनीय र जनमुखी बनाउन सकिने भन्दै लोकतन्त्रको रक्षा र पार्टीको सुदृढ भविष्यका लागि विशेष महाधिवेशनमा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

इन्द्रावती गाउँपालिकाको सन्देश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय