BREAKING
पाँचपोखरी थाङ्पालमा खाद्य सुरक्षा कडाइ : म्याद गुज्रेका सामग्री नष्ट, ९५ प्रतिशत खाद्य वस्तु स्वच्छ | भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन | मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय | तेर्से मा.वि.ले उचाल्यो मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि | ऎतिहासिक विशेष महाधिवेशनमा जुट्यो सिन्धु कांग्रेस,विशेष महाधिवेशनमा सहभागी हुन आह्वान | जहरसिंह पौवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु | सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम | राप्रपा पाँचपोखरी थाङपालको अध्यक्षमा नातिकाजी सापकोटा | एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा | महामन्त्रीमा निमा ग्याल्जेन शेर्पाको उम्मेदवारी घोषणा, कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउँने प्रतिबद्धता |

मकैको खोस्टा जस्ता खेर जाने स्थानीय कच्चा पदार्थको प्रयोग गरी घरायसी सामग्री निर्माण गर्ने उद्देश्यले बलेफी गाउँपालिका वडा नम्वर –६ मा सञ्चालन गरिएको १० दिने तालिम सम्पन्न भएको छ । उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न तालिमपछि सहभागीहरूले यसलाई व्यावसायिक रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

तालिममा सहभागी नारायण तिमल्सिनाले यसअघि मकैको खोस्टाबाट विभिन्न सामग्री बनाउन सकिन्छ भन्ने जानकारी नै नभएको बताउँदै अब सिकेको सीपलाई आयआर्जनको माध्यम बनाउने योजना रहेको जानकारी दिनुभयो । उहाँले अझ स्तरीय र उन्नत तालिमको आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो ।

इन्द्रावती गाउँपालिकाको सन्देश

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले स्थानीय स्रोतसाधनको उपयोग गर्दै सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले स्थानीय स्तरमै उपलब्ध सामग्रीको प्रयोगबाट उत्पादन सुरु गर्न सके स्वरोजगारीका अवसर सिर्जना हुने धारणा राख्नुभयो ।

तालिममा सहभागीहरूलाई मकैको खोस्टाबाट बुकी, ढकी, किरिङ, चकटीलगायत विभिन्न घरायसी सामग्री निर्माण गर्ने सीप प्रदान गरिएको थियो। प्रशिक्षक रिता गाहाले तालिममार्फत व्यावहारिक सीप हस्तान्तरण गरिएको र यसले स्थानीय स्तरमै रोजगारी तथा आयआर्जनका अवसर विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

बलेफी गाउँपालिका वडा नम्वर –६ का वडा अध्यक्ष तेजबहादुर पराजुलीले स्थानीय अवसर र कार्यक्रममा स्थानीय सामग्रीकै प्रयोगलाई प्राथमिकता दिने बताउनुभयो। उहाँले पाहुना तथा अतिथि सत्कारका क्रममा पनि यस्ता सामग्री प्रयोग गरिने जानकारी दिनुभयो ।

स्थानीय कच्चा पदार्थको प्रयोग, सीप हस्तान्तरण, स्थानीय उत्पादन र उपभोगमार्फत स्वरोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो तालिमले बलेफी क्षेत्रमा आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय