BREAKING
पाँचपोखरी थाङ्पालमा खाद्य सुरक्षा कडाइ : म्याद गुज्रेका सामग्री नष्ट, ९५ प्रतिशत खाद्य वस्तु स्वच्छ | भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन | मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय | तेर्से मा.वि.ले उचाल्यो मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि | ऎतिहासिक विशेष महाधिवेशनमा जुट्यो सिन्धु कांग्रेस,विशेष महाधिवेशनमा सहभागी हुन आह्वान | जहरसिंह पौवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु | सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम | राप्रपा पाँचपोखरी थाङपालको अध्यक्षमा नातिकाजी सापकोटा | एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा | महामन्त्रीमा निमा ग्याल्जेन शेर्पाको उम्मेदवारी घोषणा, कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउँने प्रतिबद्धता |

इन्द्रावती गाउँपालिका वडा नं ५ स्थित पुष्पगंगा आधारभूत विद्यालयले भुकम्प गएको झण्डै ११ वर्षपछि सुविधा सम्पन्न आफ्नै भवन पाएकाे छ । २०७२ सालको महा भुकम्पले पुरानो भवन तथा साे ठाउँको जग्गा समेत काम नलाग्ने गरि क्षतविक्षत भएपछि झण्डै ११ वर्ष विभिन्न व्यक्तिको घर तथा सामुदायिक भवनमा सिकाई क्रियाकलाप सञ्चालन गर्दै आएको साे विद्यालयलाई आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरेका हुन ।

इन्द्रावती गाउँपालिकाकाे आर्थिक तथा प्राविधिक सहयोगमा स्वेच्छा निर्माण कम्पनीले निर्माण सम्पन्न गरेको साे दुई तल्ले पक्की भवन निर्माण कम्पनीकाे तर्फबाट प्रतिनिधि रामकुमार आचार्यले गाउँपालिका अध्यक्षलाई र गाँउपालिका अध्यक्षले विव्यस अध्यक्षलाई चाबी हस्तान्तरण गरिएको थियोे । भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष झम्कनाथ नेपाल, वडा नं ३ का अध्यक्ष भिमसेन थापा, वडा नं ५ का अध्यक्ष एवं पालिका प्रवक्ता शशिनाथ आचार्य, साहित्यकार जगन्नाथ आचार्य लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

इन्द्रावती गाउँपालिकाको सन्देश

साथै भवन हस्तान्तरणकाे उपलक्ष्यमा विद्यालयलाई जग्गा दान गर्ने जग्गा दाताहरु, पुर्व प्र. अ. हरु अम्बिका देवी आचार्य, तिर्थनाथ आचार्य तथा विभिन्न समयमा विशिष्ट याेगदान गर्ने अभिभावक र सहयाेगी संस्थाहरु समेतलाई सम्मान गरिएको थियोे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नितेश माझीको सभापतित्वमा सम्पन्न कार्यक्रमकाे सञ्चालन शिक्षक राजेश आचार्यले गरेका थिए भने प्रधानाध्यापक भवानी नेपालबाट विद्यालयकाे प्रगति प्रतिवेदन प्रस्तुत भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय