असार १ गते आएकाे बाढीका कारण हेलम्बुमा घर बगाएका २५ परिवारकाे लागि नयाँ घर हस्तान्तरण गरिएकाे छ । आज एक कार्यक्रमका बिच नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सुचना तथा सञ्चार मन्त्री माेहन बहादुर बस्नेतले आज साे घरहरू हस्तान्तरण गरेका हुन ।

आज हेलम्बु गाउँपालिका ४ मा भएकाे एक कार्यक्रममा २५ घर, बीउ तथा कृषि औजार कुटाे, काेदालाे १२५ घर लाई बितरण गरिएकाे हाे । SOWERS ACTION संस्थाकाे सहयाेगमा Volunteer Corps Nepal ले २५ घरहरू बनाएकाे हाे ।

बाढी पछि लगत्तै हेलम्बुमा गएका माेहन बहादुर बस्नेतले साे ठाउँमा घरहरू बनाईदिने प्रतिवद्वता ब्यक्त गरेका थिए । साेहि अनुसार विभिन्न संघ संस्थाहरूसंग पहल गरेर घरहरू बनाउन सम्भव भएकाे बस्नेतले जानकारी दिए । ‘बिपदमा म संधै जनताकाे साथमा हुनेछु’ बस्नेतले भने ।

बाढी पछि तहसनहस भएकाे हेलम्बुमा आफुले काम गर्न पाउँदा खुसी लागेकाे Volunteer Corps Nepal का अध्यक्ष दिपक चापागाईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!